You are viewing the translated version of कानून मन्त्रालयलाई जानकारी गराउने.

Section 33
कानून मन्त्रालयलाई जानकारी गराउने
(१) कुनै ऐन वा नेपाल सरकारले जारी गरेको प्रत्यायोजित विधायनमा कुनै सुधार गर्नु पर्ने विषय वा कुनै कैफियत देखिएमा त्यस्तो सुधार गर्नु पर्ने देखिएको वा कैफियत देखिएको विषय उल्लेख गरी कानून मन्त्रालयमा जोसुकैले जानकारी गराउन सक्नेछ।

(२) उपदफा (१) _बमोजिम जानकारी प्राप्त भएपछि कानून मन्त्रालयसँग सम्बन्धित विषय भएमा आफैंले र अन्य मन्त्रालयसँग सम्बन्धित भएमा सम्बन्धित मन्त्रालयमा सुधारको लागि पठाउनु पर्नेछ।